आमिर खानसँग जोडिएका ५ अनौठा तथ्य

एजेन्सी । बलिउडमा मिस्टर पर्फेक्शनिस्टको नामले परिचित आमिर खान फिल्म उद्योगका सबैभन्दा सफल अभिनेता हुन् । उनले सन् १९८८ मा कयामत से कयामत बाट मुख्य भूमिका निभाएर बलिउडमा कदम राखेका थिए ।

उनी उक्त फिल्मबाट रातारात स्टार बने । तीन दशकको करियरमा आमिरले कयौं ब्लकबस्टर फिल्ममा काम गरिसकेका छन् ।

फिल्ममा नयाँ नयाँ प्रयोग गर्न रुचाउँने आमिर खानले कमेडी, पारिवारिक नाटक, पीरियड ड्रामा जस्ता फरक विद्यामा समेत प्रखर अभिनय गरेका छन् । उनका हरेक फिल्मले दर्शकको दिलमा बस्न सफल हुन्छन् ।

आमिरका सुपरहिट फिल्म

आमिर खानका सुपरहिट फिल्ममा ‘कयामत से कयामत तक’, ‘रंगीला’, ‘राजा हिंदुस्तानी’, ‘इश्क’, ‘गुलाम’, ‘सरफरोश’, ‘लगान’, ‘रंग दे बसंती’, ‘फना’, ‘तारे जमीं पर’, ‘गजनी’, ‘3 इडियट्स’, ‘पीके’, ‘दंगल’ आदि पर्छन् ।

आमिरको पहिलो प्रोडक्शन

आमिरले प्रोडक्शनको काममा समेत कदम राखे । उनले आमिर खान प्रोडक्शन नामबाट प्रोडक्शन हाउसको सुरुवात गरे । उक्त हाउसबाट बनेको पहिलो फिल्म आशुतोष गोवारिकरको फिल्म लगान सन् २००१ म आएको थियो ।

आमिरको पारिश्रमिक

आमिर खान फिल्म अगाडि नै पारिश्रमिक लिने विषयमा विश्वास गर्दैनन् । उनी नाफा मात्रै लिने गर्छन् । उनी फिल्म चलेन भने फिल्ममा काम गरेको पारिश्रमिक लिने गर्दैनन् ।

आमिर खानको आउने फिल्म

आमिर खानको नयाँ फिल्म लाल सिंह चड्ढा रिलीज हुने तयारीमा रहेको छ । यो फिल्म हलिउडको फिल्म फाँरेस्ट गंप को बलिउड रीमेक हो । यो फिल्ममा करीना कपूर खान पनि मुख्य भूमिकामा देखिनेछिन् । आमिर यो फिल्मा शिखको भूमिकामा देखिनेछन् ।

आमिरको पहिलो पत्नी

सन् १९८६ मा आमिरले रीना दत्तासँग विवाह गरेका थिए । उनीहरुका जुनैद र इरा गरी दुई सन्तान छन् । आमिरले १६ वर्षपछि रीनासँग सम्बन्धविच्छेद गरेका थिए ।

आमिर खानसँग जोडिएका ५ अनौठा तथ्य

शक्ति बाँडफाँटमा अलमल, दुवै पद छाड्ने मनस्थितिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!