पारसले लगाउने ७७ नम्बर जर्सी प्रयोग नगरिने

काठमाडाैं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले प्रयोग गर्ने ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ।

पूर्वकप्तान खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्न्यासको घोषणा गरेसँगै सम्मानस्वरूप उक्त जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो।

दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए। पारसले नेपाली क्रिकेटलाई पुर्‍याएको योगदानको कदर गरेको हो।

यद्यपि उनको बिदाइबारे भने क्यानले तत्काल कुनै योजना बनाएको छैन। क्यान महासचिव अशोकनाथ प्याकुरेलले क्यानले उनको राम्रो बिदाइ होस् भन्ने सोचेको र त्यो नियमित प्रक्रिया भएकाले कोरोना सहज भएपछि क्यानले निर्णय गर्ने बताए।

पारसले लगाउने ७७ नम्बर जर्सी प्रयोग नगरिने

लियोनल मेस्सी पिसएसजीमा अनुबन्ध

पारसले लगाउने ७७ नम्बर जर्सी प्रयोग नगरिने

नेपालको झन्डा भोलियन्टियरले बोकिन्

Leave a comment

Your email address will not be published. Required fields are marked *