२०८२ बैशाख १७ गते
×

Now Playing

सिम्ताको विरोध सभामा नेकपालाई बाँदरको संज्ञा

दुर्गा विसी ।

नेपाली कांग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं १ ले सिम्तामा बृहत् विरोध आम सभा गरेको छ । असंवैधानिक कदमका विरुद्ध चर्को नारा लगाएको थियो । सरकार विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको र देशमा कोरोनाले थिलाथिला पारेको अवस्थामा नेकपा सरकार सर्वसत्तावादतिर उन्मुख भएको जनाएको छ ।

जनताको घरमा आगो बल्ने अवस्था छैन, तर नेकपा केपि वलि सरकार भने हत्या,हिंसा र भ्रष्टाचारमा चुर्लम डुवेको नेपाली कांग्रेसका नेताहरुले र्यालि पछि कोण सभा क्रममा यस्तो भनेका थिए । निर्वाचन क्षेत्र वाइज आज सिम्ताको जामुने बजारमा भएको कार्यक्रम नेपाली कांग्रेसका स्थानीय नेताहरुले समेत सिम्ता गाउँपालिका सरकारको चर्को विरोध गरेको थिए ।सिम्ताको गोजिवजारबाट निक्लेको र्यालि जामुने वजारको पिपल चौतारामा आएर कोण सभामा परिणत भएको थियो ।

सभालाई नेपाली कांग्रेस सुर्खेत जिल्ला उप सभापति तथा प्रमुख अतिथि टेकबहादुर सिंह,खड्क पोख्रेल,चित्रवहादुर रोकाय,विरेन्द्र रावत, सरस्वती वुढाथोकि,महाधिवेशन प्रतिनिधि नारायण सापकोटा,यावहादुर रोका,क्षेत्रिय अध्यक्ष नवीन सोनि,गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, उप प्रमुख मैना विक,स्वास्थकर्मी संघका केन्द्रीय अध्यक्ष किरण वलि लगाएका नेताहरूले विरोध सभामा सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेस सिम्ता गाउँपालिकाको जामुनेमा निर्वाचन क्षेत्र नं १ ले गरेको आयोजनामा संसद विघटन सर्वसत्तावाद र भष्टाचार विरुद्ध लोकतान्त्रीक संविधान रक्षाका पक्षमा विरोध प्रर्दशन गरिएको थियो ।यो सरकारको असंवैधानिक कदम देशका लागि ठुलो दुर्भाग्य भएको र देशलाई पश्चगमन तर्फ लिएको नेता सिंहको भनाइ रहेको थियोे ।नेपाली जनताले ५ वर्षका लागि भनेर दिएको मत स्थायि सरकार,जनताको आवश्यक गाँस,बाँस र कपाँसको प्रत्याभूति र जनताको लामो समय कठिन पुर्न अवस्थालाई जनजिवन सहजतका निम्ति थियोे ।सो कुरा नेकपा सरकारले धोष्त पारेको जनाएको छ ।

यो कदम जनता माथिको गदारिका रुपमा लिएको छ ।नेकपा बाँदर हो,उ आफ्नो घर पनि वनाउदैन,अर्कोको सुन्दर घर पनि बिगार्ने तत्वका तहमा पुगेको आरोप लगाएको छ ।नेकपाले सत्ता सञ्चालन गरेको केन्द्र,प्रदेश र स्थानीय तहमै चर्म व्यथिति मौलिएको समेत सभामा नेपाली कांग्रेसका नेताहरूले वताए ।अवको केही समय नेपालमा कम्युनिस्टहरु टर्च लगाइ खोज्नुपर्ने दिन समेत आउने जनाएको छ ।केसरवहादुर वलिको सभा अध्यक्षतामा भएको विरोध सभाको सञ्चालन युवा नेता मोहन रानाले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *