प्रशान्ती वृद्धाआश्रमको अध्यक्षमा पुनः श्रेष्ठ

सुर्खेत, २५ पुस ।

प्रशान्ती वृद्धाआश्रम सुर्खेतको २२ औ साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ अध्यक्षतामा एबं वीरेन्द्रनगरर नगरपालिका वडा नं. १ निवासी ज्येष्ठ सदस्य परमानन्द धमला र विशेष अतिथी सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्थितिमा सम्पन्न भएको हो ।

साधारण सभाले पुन बालकृष्ण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसहमतिले चयन गरेको छ । अध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्षमा बिध्याभुषण मानन्धर, महिला उपाध्यक्षमा सितल सिङ राठोर, सचीवमा चेत बहादुर अधिकारी, कोषाध्यक्षमा भद्र भन्डारी, सह सचिबमा बाल कुमारी डांगी, सदस्यहरूमा तिलकराम अधिकारी, ईन्द्र बहादुर थापा, बालाराम पोख्रेल, बालकृष्ण पुरी, पुर्णदेब अधिकारी, टीका कुमारी ढकाल (भण्डारी), महेश्वरी गिरी र शशी थापा बिष्ट चयन भएका छन् ।

यस्तै, साधारणसभाले गत आबको सांगितिक तथा आर्थिक प्रगति प्रतिवेदन पास गरेको थिया । निर्वाचन समितिमा ध्रुब कुमार श्रेष्ठ, कृष्ण प्रसाद पौडेल र निर्मला रेग्मी रहेको ३ सदस्यीय समिति रहेको थियो ।

प्रशान्ती वृद्धाआश्रमको अध्यक्षमा पुनः श्रेष्ठ

सिम्ताको विरोध सभामा नेकपालाई बाँदरको संज्ञा

प्रशान्ती वृद्धाआश्रमको अध्यक्षमा पुनः श्रेष्ठ

सुर्खेत बहुउद्देश्यीय सहकारीको १९ औं बार्षिक साधारण

Leave a comment

Your email address will not be published. Required fields are marked *