फिल्म ‘चुरीफुरी’ सेन्सर पास

कमेडी जनरामा निर्माण भएको फिल्म ‘चुरीफुरी’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने अर्थात युनिभर्सल सर्टिफिकेट दिँदै फिल्म पास गरेको छ । फिल्म हेरेपछि सेन्सर बोर्डका पदाधिकारीले कथावस्तु राम्रो भएको प्रतिक्रिया दिएको निर्देशक ऋषिराज आचार्यले बताए । ‘फिल्ममा एक दृश्य निकै बोल्ड छ । सेन्सरले आपत्ति जनाउला भन्ने डर लागेका थियो,’ निर्देशक आचार्यले भने, ‘बोर्डले कथावस्तुको तरिफ गर्दै पास गरेको छ ।’ बोर्डको तारिफपछि दर्शकबाट पनि फिल्मको बिषयमा सकारात्मक प्रतिक्रिया आउने विश्वास लागेको आचार्यले सुनाए ।

आगामी पुस ) गते अर्थात डिसेम्बर २४ मा देशभरका हलबाट फिल्म प्रदर्शनमा आउँदैछ । निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको फिल्ममा नव–कलाकारहरु अभिषेक श्रेष्ठ,पूजा पन्त,सोना बज्राचार्य,रिन्जिन गुरुङ र राजीवजंग बस्नेत मुख्य भूमिकामा छन,भने फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रबिन्द्र झा,शिशिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,सुनीता श्रेष्ठ तथा ऋतु आचार्य,लक्ष्मी ढकाल,राजेन्द्र खाती,मनिल तामाङ,महेश्वर आचार्य,कमल सिंह,अस्मिता बस्नेत,तुलसी श्रेष्ठ, रश्मी आचार्य,सरिस्मा मगरलगायतको अभिनय समेत रहेको छ ।

आरबी मूभिजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रीना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती र शिव थापा हुन् । राहुल राईको छायाँकन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन,भिमफेदी गाइजको कोरियोग्राफी र विजय आचार्यको कलानिर्देशन र दीपक शर्माको संगीत छ ।

फिल्म ‘चुरीफुरी’ सेन्सर पास

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

फिल्म ‘चुरीफुरी’ सेन्सर पास

एक सय शय्याको अस्पताल भएकाले मात्र नर्सिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *