२०८३ जेष्ठ ३० गते
×

Now Playing

राउटे युवतीलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही माग

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले युवतीसँग दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

राउटे समुदायका लागि परिचयपत्र उपलब्ध गराउँदै संरक्षणका गरिरहेको दैलेखको गुराँस गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई वास्तविकता छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।

‘फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लिल क्रियाकलाप गरेको भिडियो विभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा सार्वजनिक भैरहेको प्रति यस गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ- ‘सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी), भुपेन्द्र बुढा र होटल संञ्चालक बिनोद पुनलाई घटनाको वास्तविकता छानबिन गरी कानुनको दायरमा ल्याई हदैसम्मको कारबाहीका लागि जोडदार माग गर्दछौं ।’

छुटाउनु भयाे की ?

राउटे युवतीमाथी दुव्र्यवहार (भिडियाेसहित)

राउटे युवतीलाई दुव्र्यवहार गर्ने स्थानीय तीन पक्राउ

 

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीन जनाले भिडियो बनाएका थिए। उक्त भिडियो उनीहरूले सामाजिक सञ्जालमा ‘अपलोड’ गरेका थिए। सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन छन् ।

राउटे युवतीलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही माग

परीक्षासम्बन्धी अन्योल हटाउन विद्यार्थी संगठनको माग

Leave a comment

Your email address will not be published. Required fields are marked *