परीक्षासम्बन्धी अन्योल हटाउन विद्यार्थी संगठनको माग

काठमाडौं । विद्यार्थी संगठनहरूले कोरोनाका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षासम्बन्धी अन्योल तत्काल हटाउन माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी,अनेरास्ववियुलगायत ६ विद्यार्थी संगठनको आइतबार बसेको संयुक्त बैठकले यस्तो माग गरेको हो ।

‘परीक्षा रोकिएपछि परीक्षार्थीकाे भविष्य अन्योल बनाएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘विधार्थी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग व्यापक छलफल गरी उचित मापदण्ड बनाई विद्यार्थीको परीक्षा लिने वातावरण निर्माण गर्न अनुरोध गर्दर्छाैँ ।’

यी संगठनले झापाको बिएण्डसी मेडिकल कलेजलाई अवैध ढंगले सम्बन्धन दिएको भन्दै सम्बन्धन खारेज गर्न पनि माग गरेका छन् ।

त्यस्तै सरकार बजेट वक्तव्यमा ल्याएको खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिने योजनाको प्रावधान पनि खारेज गर्नुपर्ने संगठनको माग छ।

परीक्षासम्बन्धी अन्योल हटाउन विद्यार्थी संगठनको माग

मुख्यमन्त्रीलाई अकोरावको ध्यानाकर्षण

परीक्षासम्बन्धी अन्योल हटाउन विद्यार्थी संगठनको माग

राउटे युवतीलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही माग

Leave a comment

Your email address will not be published. Required fields are marked *