राउटे युवतीमाथी दुव्र्यवहार (भिडियाेसहित)

सुर्खेत, २३ जेष्ठ ।
पछिल्लो समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरलनै भएका राउटे समुदायका युवतीहरु माथी दुव्र्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन ।

राउटे समुदायमा पुगेका युवाहरुले टिकट, भिडियो बनाउने भन्दै प्रलोभनमा पारेर राउटे युवतीहरु टाढा टाढा जंगल–होटलमा पु¥याएर दुव्र्यवहार गर्ने गरेको गुनासो छ । मादक पदार्थको कुलतमा परेको राउटे समुदायका युवतीहरु असुरक्षित बनेका छन् । स्थानीय दुई युवाले मादक पर्दा सेवन गरी, उनीहरुलाई समेत मादक पदार्थ खुवाएर एक होटलमा दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । जेष्ठ २३ गते आइतबार विहानै उक्त भिडियो फेसबुक, युटुव र टिकटकमा भाईरल भएको हो ।

पहिचान नखुलेका एक अधवैशे युवाले निरवस्त्र भएर होटलमा मादक पदार्थ सेवन गरेकै तालमा राउटे युवतीलाई श्रीमति भन्दै संवेदनशिल अंगहरुमा छामछुम पारेको भिडियो सार्वजनिक भएको छ । उनीहरुलाई सामुहिक रुपमा दुई जना पुरुषले मेरो गलफेन्ड, मेरो बुढि भन्दै संम्वेदनशिल अंगहरुमा छुने र चलाउने गरेको भिडियो समेत बाहिर आएको छ ।

राउटे चेलीहरुलाई ती दुई पुरुषले ललाई, फकाई होटलमा लगेर मदिरा समेत खुवाएर लठ्ठ पारेको भिडियोमा प्रष्ट देखिन्छ । भिडियोमा देखिएको होटल मेहलकुनाकै र युवाहरु स्थानीय हुन सक्ने अनुमान गरिएको छ । यस विषयमा यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने कुनै पनि जानकारी नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक (डिएसपी) राम प्रसाद घर्तीमगरले यस बारेमा कुनै जानकारी प्राप्त नभएकाे र के रहेछ घटनाकाे अनुसन्धान हुने बताउनुभयाे ।

लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदिमा बसाई सरेका थिए । भिडियाे सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीय युवाहरुले तत्काल अनुसन्धान गरी कारवाहीकाे माग गर्दै सामाजिक सञ्जालबाट अाक्राेश पाेखेका छन् ।

राउटे युवतीहरु माथीको दुव्र्यवहार जघन्य अपराध भएकाले तत्काल अनुन्धान गरी हदैसम्मको कारवाही गर्न माग गरिएको छ । ‘राउटे समुदायका युवातीहरुलाई भिडियो बनाउने प्रलोभनमा होटल सम्म पुराउने र होटलमा मादक पदार्थ सेवन गराएर दुव्र्यवहार गर्ने गरेको गुनासो पटक पटक पहिले पनि आएको स्थानीयको भनाई छ ।

भिडियाे यहाँ क्लिक गर्नुहाेस :-

https://www.youtube.com/watch?v=KXPtUT0SVnk

तपाईको प्रतिक्रिया