राउटे युवतीलाई दुव्र्यवहार गर्ने स्थानीय तीन पक्राउ

सुर्खेत । राउटे युवतीलाई होटलमा लिएर मादक पदार्थ सेवन गरी दुव्र्यवहार गरेको समाचार प्रकाशित भएपछि प्रहरीले तुरुन्त एक्सन लिएको छ ।

राउटे समुदायका युवतीलाई होटलमा लगेर दुव्र्यवहार गरेको आरोपमा स्थानीय तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक बिनोद पुन रहेका छन् ।

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनै जनाले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए ।

सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा राखेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत पक्ष हो,’ प्रजिअ रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’ सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी पछिल्लो पटक दुव्र्यवहार बढ्दै गएको छ ।

याे पनि राउटे युवतीमाथी दुव्र्यवहार (भिडियाेसहित)

भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भइरहेको स्थानीय बताउँछन् ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन् ।

राउटे युवतीमाथी दुव्र्यवहार (भिडियाेसहित)

https://www.youtube.com/watch?v=KXPtUT0SVnk&t=2s

तपाईको प्रतिक्रिया