सुदूरपश्चिम प्रदेश सभा बैठकमा मुख्यमन्त्रीको राजीनामा माग

धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन सुरू भएको छ। शुक्रबारको दोस्रो बैठकमा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले मुख्यमन्त्रीको राजीनामा मागेका छन्।

एमाले (ओली समूह) का प्रदेशसभा सदस्य बोहराले नेकपा एमालेले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतका रहेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ गरेलगत्तै बोहराले भने,‘राष्ट्रिय राजनीतिबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो छैन। यो सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ त्यसको जानकारी संसद् सचिवालयलाई बुझाइसकेको छ। नेकपा एमाले अब प्रतिपक्ष भएको छ। प्रतिपक्ष बेञ्चमा बसाइको व्यवस्थापनको लागि पनि म आग्रह गर्दछु।’

उनले थपे, ‘पार्टीले समर्थन फिर्ता लिइसकेका कारण यो सरकार स्वभाविक रुपमा अल्पमतमा परेको छ। अल्पमतको सरकारका प्रमुख मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ।’

सांसद बोहराले संसद् सचिवालयमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको जानकारी समेत गराएको भन्दै आफूहरूलाई प्रतिपक्षी रोमा बस्ने ठाउँको व्यवस्था हुनुपर्ने समेत बताएका छन्। सुदूरपश्चिम प्रदेशमा माओवादी नेतृत्वको सरकार छ। जसमा त्रीलोचन भट्ट मुख्यमन्त्री छन्।

जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। केन्द्र निर्देशनविपरीत माधव पक्ष भने माओवादी सरकारमा सहभागी भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा बैठकमा मुख्यमन्त्रीको राजीनामा माग

लाइन विस्तार गर्दा आयोजना क्षेत्रका १३ हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *