सर्पले डसेर एक बालकको मृत्यु

महोत्तरी :  सर्पले डसेर एक बालकको मृत्यु भएको छ। महोत्तरी गाउँपालिका-२ अनैठामा शनिबार राति मदन रामका १३ वर्षीय छोरा आकाशलाई सर्पले डसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ओछ्यानमा सुतिरहेका आकाशलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। केन्द्रमा उपचार गरी घर फर्किंदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ।

सर्पले डसेर एक बालकको मृत्यु

कार्टुन

सर्पले डसेर एक बालकको मृत्यु

१० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, 

Leave a comment

Your email address will not be published. Required fields are marked *