एरिट्रियाका १ सय २७ वर्षीय वृद्धको निधन

काठमाडौं । अफ्रिकी मुलुक एरिट्रियाका १ सय २७ वर्षीय वृद्धको निधन भएको छ । एरिट्रियाका नाताबे तिन्सीउको १ सय २७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उनका नाति जेरे नाताबेले हजुरबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने अपेक्षा गरेका छन् ।

आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन् । नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएका छन । उक्त गाउँमा तीन सय जनाको बसोबास रहेको छ । उनका नातिले चर्चले राखेको जन्म दर्ता सहितको तथ्याङ्कमा उनी सन् १८९४ मा जन्मिएको र सोही वर्ष चर्चमा उनका लागि कार्यक्रम आयोजन गरिएको देखाउने बताएका छन् । यस हिसाबले उनको मृत्यु १२७ वर्षमा भएको हो ।

उनको परिवारका अनुसार भने उनी सन् १८८४ मा जन्मिएका थिए । र, उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो ।

नाति जेरेले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई हजुरबुवाको उमेरबारे जानकारी गराइसकेको बताएका छन् ।

एरिट्रियाका १ सय २७ वर्षीय वृद्धको निधन

पञ्जा सिंह अखिल क्रान्तिकारीको अध्यक्षमा 

एरिट्रियाका १ सय २७ वर्षीय वृद्धको निधन

सुनचाँदीको भाउ बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *