विवाहपछि काममा फर्किएकी यामीको सुटिङ सेटमा गरियो यस्तो स्वागत

मुम्बई । अभिनेत्री यामी गौतमले ४ जुनमा निर्देशक आदित्य धारसँग विवाह गरेकी थिइन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएकी थिइन् ।

अहिले उनी काममा फर्किएकी छन् । विवाह पछि काममा फर्किएकी उनको सुटिङ सेटमा स्वागत फूलको गुत्था र केक काटेर भव्य स्वागत गरिएको छ । जसको तस्बिर समेत उनले सोशल मिडियामा शेयर गरेकी छन् ।

तस्बिरका साथ उनले लेखेकी छन् ‘जब म काममा फर्किए मेरो टिमले उत्कृष्ट तरिकाले स्वागत गर्दै शुभकामना समेत दिएको छ । शुभकामनाका लागि सबै प्रति आभार व्यक्त गर्दछु ।’ फ्यानले उनको तस्बिर रुचाएका छन् ।

यामीले फिल्म ‘ए थर्सडे’ को सुटिङ फेरि शुरु गरेकी हुन् । फिल्ममा उनी नैना जायसवालन नामको एक शिक्षिकाको भूमिकामा देखिनेछिन् । यामीको अलवा फिल्ममा नेहा धुपिया, अतुल कुलकर्णी र डिंपल कपाडियाको समेत मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक बेहजद खम्बाटा हुन् ।

विवाहपछि काममा फर्किएकी यामीको सुटिङ सेटमा गरियो यस्तो स्वागत

प्राकृतिक विपत्तिबाट ३८ जनाको मृत्यु, २४ बेपत्ता

विवाहपछि काममा फर्किएकी यामीको सुटिङ सेटमा गरियो यस्तो स्वागत

चार लाख बढीको ट्र्याक सूट, ४० हजारको

Leave a comment

Your email address will not be published. Required fields are marked *