प्राकृतिक विपत्तिबाट ३८ जनाको मृत्यु, २४ बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो समय ३८ जनाको मृत्यु भएको छ। गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्।

तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३र३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २र२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १र१ जना रहेका छन्।

बाढीपहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन्। तीमध्ये २७ जना पुरुष, १२ जना महिला, ९ जना बालक र ३ जना बालिका रहेका छन्। उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५र५ जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा ३र३ जना, जुम्ला र गोरखामा २र२ जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १र१ जना रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ।

बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन्। तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८र८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४र४ जना र कञ्चनपुरमा ३ जना रहेका छन्।

पहिरो तथा बाढीको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ। साथै वर्षाको कारण सिन्धुली, धादिङ, काभ्रे, गोरखा, लमजुङ, खोटाङ लगायतका स्थानहरुमा शनिबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ।

बाढीको कारण ७ सय ९० वटा घर डुबानमा परेका छन्। ५ सय १९ वटा घर, ९० वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। १ हजार ५७ वटा घरका ५ हजार १ सय १ जना मानिस विस्थापित भएका छन् भने ८ सय १८ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा ४ सय वटा विपद्‍का घटना भएका छन्।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

प्राकृतिक विपत्तिबाट ३८ जनाको मृत्यु, २४ बेपत्ता

पत्रकार महासंघलाई सहयोग

प्राकृतिक विपत्तिबाट ३८ जनाको मृत्यु, २४ बेपत्ता

विवाहपछि काममा फर्किएकी यामीको सुटिङ सेटमा गरियो

Leave a comment

Your email address will not be published. Required fields are marked *