टेनिस खेलाडी ओसाकाको वार्षिक कमाइ ६ अर्ब ४३ करोड

काठमाडौं : जापानकी स्टार महिला टेनिस खेलाडी नाओमी ओसाका अहिले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएर चर्चामा छिन् ।  ओसाकाले अहिलेसम्म ४ ओटा ग्रान्डस्लाम जितेकी छिन् । यो बाहेक उनी अहिले सर्वाधिक कमाउने महिला खेलाडीको शीर्ष स्थानमा छिन् ।

उनले पछिल्लो १२ महिनामा करिब ५५ दशमलव २ मिलियन डलर अर्थात् ६ सय ४३ करोड नेपाली रुपैयाँ कमाएकी छिन्। जुन सर्वाधिक कमाउने महिला खेलाडीको कीर्तिमान हो । विश्व वरियतामा नम्बर २ रहेकी ओसाकाको कमाई कोर्ट भित्र मात्र नभइ कोर्ट बाहिर पनि उतिकै छ।

लगातार एकपछि अर्को ग्रान्डसलाम जितेपछि धेरै ब्रान्ड उनीसँग जोडिन पुगे। उनको खेलबाट प्रभावित हुँदै विश्व चर्चित १२ ब्रान्ड उनीसँग जोडिएका छन् ।  जसमा नाइक, निशान जस्ता ब्रान्डहरुपनि रहेका छन् । ६० करोड बढी प्रतियोगिता जितेर कमाउँदा बाँकी ५८२ करोड भने उनले अफ दि फिल्ड कमाएकी हुन् ।

टेनिस खेलाडी ओसाकाको वार्षिक कमाइ ६ अर्ब ४३ करोड

विश्वकप छनोट : नेपाल-चाइनिज ताइपेई भिड्दै

टेनिस खेलाडी ओसाकाको वार्षिक कमाइ ६ अर्ब ४३ करोड

भारतले बालबालिकालाई खोप लगाउन सुरु गर्‍यो

Leave a comment

Your email address will not be published. Required fields are marked *