विश्वकप छनोट : नेपाल-चाइनिज ताइपेई भिड्दै

काठमाडौं : सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ ।

विश्‍वकप र एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण आजदेखि कुवेतमा सुरु हुन लागेको हो । नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल आज चाइनिज ताइपेईसँग खेल्न लागेको हो। नेपाल र चाइनिज ताइपेई बीचको खेल कुवेतको कुवेत सिटीमा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । नेपाल जोर्डन र अष्ट्रेलियासँग भने हारेको थियो। नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक सहित शीर्ष स्थानमा छ भने जोर्डन र कुवेत समान १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् ।

नेपाललाई विश्वकप छनोटको तेस्रो चरणमा पुग्‍न भने कठिन छ। बाँकी खेलमा जित निकाल्दै एसिया कप छनोटको तेस्रो चरणमा ठाउँ बनाउने मौका भने नेपालको कायमै छ ।

नेपालले जेठ २४ गते जोर्डनसँग र जेठ २८ गते अष्ट्रेलियासँग खेल्न तालिका तय छ। नेपाली राष्ट्रिय फुटबल टोली जेठ २९ गते स्वदेश फर्कने छ ।

विश्वकप छनोट : नेपाल-चाइनिज ताइपेई भिड्दै

वडा–वडामा पुगेर कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

विश्वकप छनोट : नेपाल-चाइनिज ताइपेई भिड्दै

टेनिस खेलाडी ओसाकाको वार्षिक कमाइ ६ अर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *