वडा–वडामा पुगेर कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाभित्र रहेका १६ वटाहरुमा कोरोना परीक्षण सुरु गरेको छ । संक्रमण टोल–टोलमा पुगेपछि वडा–वडामा परीक्षण थालिएको नगरपालिकाले जनाएको छ ।

यस समय अघिबाट वीरेन्द्रनगरमै रहेको कट्कुवा स्वास्थ्य चौकीमा हप्तामा तीन दिन मात्रै कोरोना परीक्षण हुँदै आएको थियो। तर, कोरोना संक्रमितहरु धेरै होमआइसुलेसनमा रहेको र टोल–टोलमा संक्रमण फैलिन नदिन नगरपालिका वडा–वडामा पुगेको हो ।

जसअन्तर्गत बुधबार वडा नं. १३ को वडा स्वास्थ्यचौकी र वीरेन्द्रनगर नगरपालिका परिसरमा स्वाब संकलन तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै, २० गते बिहीबार वडा नं. ४ को भैरवस्थान स्कुल र वडा नं. ९ को स्वास्थ्यचौकी लाटीकोइली, २१ गते शुक्रबार पुनः वीरेन्द्रनगर परिसर र वडा नं. १४ को स्वास्थ्य चौकी गढी, २२ गते शनिबार वीरेन्द्रनगर–२ को स्वास्थ्य चौकी उत्तरगंगा र २३ गते आइतबार वडा नं. १२ को आधारभूत स्वास्थ्य केन्द्र नेवारे र वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्र धारापानीमा स्वाब संकलन गरिने नगरपालिकाले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा वडा नं. ६, ७ र ८ का स्थानीयको स्वाब संकलन गरिनेछ। यसअघि मंगलबार वडा नं. ३ को हरिडिलभूमि स्कुल र वडा नं. ७ को वडा कार्यालयमा स्वाव संकलन गरिएको थियो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा यही २५ गतेसम्म निषेध आदेश जारी रहेको छ। नगरपालिकाले २३ गतेभित्रै सबै वडामा स्वाव संकलन गरिसक्ने र संक्रमणको दरलाई हेरेर निषेध आदेश अन्त्य गर्ने वा कायम राख्ने भनेर एकीन हुने नगरप्रमुख देवकुमार सुवेदीले बताए ।

वडा–वडामा पुगेर कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

लिचीको दाना अड्केर मृत्यु

वडा–वडामा पुगेर कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

विश्वकप छनोट : नेपाल-चाइनिज ताइपेई भिड्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *