लिचीको दाना अड्केर मृत्यु

कञ्चनपुर : भीमदत्त नगरपालिका ५ सुकासालका भुपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्दको लिचीको दाना घाँटीमा अड्किदा मृत्यु भएको छ ।
बुधबार अपरान्ह आँगनमा खेल्दै गरेका शिशुले लिचीको गुठीलो मुखमा हाल्दा घाँटीमा अड्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।
उनका अनुसार लिचीको दाना घाँटीमा अड्किएको थाहा पाउनेबित्तिकै तत्कालै परिवारजनले शिशुलाई उपचारका लागि महाकाली अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शिशुको मृत्यु भएको बताइएको छ ।






