सल्यान जिल्लाका लागि रेडक्रसले दियो भारी स्वास्थ्य सामग्री

दुर्गा विसि

सल्यान । नेपाल रेडक्रस साेसाइटी नेपालले सल्यानका विभिन्न स्थानीय तहमा काेभिड-१९ नियन्त्रणका लागि सहयोगी सामग्री हस्तान्तरण गरेको छ । विभिन्न स्थानीय तह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, आइसुलेसन, घरमै आइसुलेसनमा रहेका नागरिक, महिला स्वास्थ्य स्यमंसेविका र स्थानीय बजारहरुमा समेत मास्क वितरण गरिएको छ ।

सल्यान जिल्लाभरका स्वास्थ्य शाखा र कार्यालयमा पुगेर उक्त सामग्री हस्तान्तरण गरिएको जनाएको छ । जिल्लाकाे पश्चिम क्षेत्रमा पनि रेडक्रस उप शाखा देवस्थलले सल्लिवजारमा मास्क वितरण, बनगाड कुपिण्डे नगरपालिकालाई १५ सय सर्जिकल मास्क, सेनिटाइजार हस्तान्तरण गरिएको छ ।

रेडक्रसका प्रतिनिधि गणेश विसि, पुष्कर विसि, टेकबहादुर पुनले नगर प्रमुख गाेविन्द कुमार पुनलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । त्यसै गरि  नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट नेपाल रेडक्रस स‍ोसाइटी जिल्ला शाखा सल्यानमा प्राप्त सामग्रीहरु अक्सिजन कन्सन्ट्रेटर २ थान, पिपिइ २० थान,सर्जिकल मास्क १ हजार पिस र एन९५ मास्क एकसय ५० थान जिल्ला कोभिड संकट व्यवस्थापन समिति प्रमुखसँग समन्वय गरि स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ र डा.भीमकान्त जैसी, सल्यान जिल्ला रेडक्रसका मन्त्री किशोर कुमार हमालको उपस्थितिमा शाखाका सभापति यौवन प्रकाश श्रेष्ठले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सि.पि.वलीलाई उक्त समान हस्तान्तरण गरिएको छ ।

जिल्ला स्थित सबै सुरक्षा निकायहरु,सबै स्थानिय तहहरु र सबै रेडक्रसका उपशाखाहरुमा गरि करिब ३० हजार पिस मास्क,५ सय पिस N95 मास्क र केही स्यानिटाइजर वितरण गर्ने कार्यक्रम अनुसार आज सुरक्षा निकाय, केही गाउँपालिका नगरपालिका तथा उपशाखाहरुमा वितरण गरिएको छ । बाँकी ठाउँमा भोलि वितरण हुने जनाए छ । यसबाट जिल्ला अस्पताल सल्यानमा अक्सिजन दिनु पर्ने बिरामीलाई केही राहत पुग्नेछ भने समुदायमा सङ्क्रमणबाट सुरक्षित रहन सहयोग पुग्ने विश्वास गरिएको लिएको छ ।

सल्यान जिल्लाका लागि रेडक्रसले दियो भारी स्वास्थ्य सामग्री

सरकारकाे निर्णयमा औषधि निःशुल्क तर कर्णालीका सरकारी

सल्यान जिल्लाका लागि रेडक्रसले दियो भारी स्वास्थ्य सामग्री

लिचीको दाना अड्केर मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *