२०८३ जेष्ठ ३० गते
×

Now Playing

भारतले बालबालिकालाई खोप लगाउन सुरु गर्‍यो

काठमाडौं : भारतले कोरोनाविरुद्धको खोप बालबालिकामा परीक्षण गर्न सुरु गरेको छ । भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप बिहारस्थित पट्ना अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्सले बालबालिकामा परीक्षण सुरु गरेको हो ।

यो खोपलाई भारतको औषधि नियन्त्रण विभागले गत मे ११ मा बालबालिकामा क्लिनिकल ट्रायलको अनुमति दिएको थियो । भारतको नीति आयोगका स्वास्थ्य सदस्य विके पलले भारतीय औषधि नियन्त्रण विभागले २ देखि १८ वर्ष उमेरका बालबालिकामा यो खोप दोस्रो र तेस्रो क्लिनिकल परीक्षणका लागि अनुमति दिइसकेको बताएका छन् ।

भारतले गत जनवरी १६ देखि विश्वकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको छ। हालसम्म त्यहाँ सबै स्वास्थ्यकर्मीले खोप प्राप्त गरिसकेका छन् भने फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मी लगायतलाई पनि खोप प्रदान गरिसकिएको छ। भारतमा झण्डै २२ करोडलाई खोप दिइसकिएको छ ।

भारतले बालबालिकालाई खोप लगाउन सुरु गर्‍यो

टेनिस खेलाडी ओसाकाको वार्षिक कमाइ ६ अर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *