अमेरिकी संसद् भवन क्षेत्रको आक्रमणमा एक प्रहरीसहित दुईको मृत्यु

एजेन्सी । अमेरिकाको संसद् भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

संसद् भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो। कार दुर्घट्ना परेलगत्तै चालकले प्रहरी अधिकारीमाथि चक्कुले आक्रमण गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि प्रहरीको गोली चलाउँदा आक्रमणमा संलग्न व्यक्तिको पनि मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। संसद भवनमा तीन महिना पहिले (जनवरी ६) मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।

अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् । आक्रमणमा मृत्यु हुने प्रहरी अधिकारीको नाम विलियम ‘बिली’ इभान्स रहेको वासिङ्गटन डिसी महानगरीय प्रहरी विभागले जनाएको छ ।

विगत १८ वर्षदेखि प्रहरीमा सेवारत इभान्स घटनामा सबैभन्दा पहिले खटिने क्रममा चुक्क आक्रमणमा परेका हुन् । आक्रमणकारी २५ वर्षका नोहा ग्रिन नाम गरेका व्यक्ति रहेको जनाइएको छ। उनी विगतमा कुनै पनि प्रकारको आपराधिक गतिविधिमा संलग्न भएको सूचना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी संसद् भवन क्षेत्रको आक्रमणमा एक प्रहरीसहित दुईको मृत्यु

इटालीमा इस्टर पर्वलाई लक्षित गरी तीन दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *