इटालीमा इस्टर पर्वलाई लक्षित गरी तीन दिन लकडाउन

एजेन्सी । कोरोना भाइरस महामारीको तेस्रो लहर सामना गरिरहेको इटालीमा इस्टरलाई लक्षित गरेर तीन दिनका लागि लकडाउन गर्ने भएको छ ।

इस्टर पर्वका अवसरमा हुन सक्ने भेटघाट तथा पारिवारिक कार्यक्रमका कारण संक्रमण थप तीव्र हुने आशंकामा देशभर तीन दिने लकडाउन घोषणा गरेको हो ।

इटाली सरकारले देशभरलाई ‘रेड जोन’ अर्थात् प्रतिबन्धात्मक उपायको उपल्लो तह लागु गरेको छ । अहिले त्यहाँ दैनिक २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ ।

नयाँ नियमअनुसार अत्यावश्यकबाहेक यात्रामा प्रतिबन्ध लागेको छ । मानिसहरुले आफ्नो घरमा अरु दुईजनासहित इस्टरको भोजन गर्न भने पाउने छन् ।

चर्चहरु पनि खुला छन्, तर आफ्नो क्षेत्रमा रहेको चर्चमा मात्रै प्रार्थना गर्न पाइने भएको छ । दोस्रो वर्ष पोप फ्रान्सिसले खाली सेन्ट पिटर्स स्क्वायरबाट आफ्नो इस्टर सन्देश दिने छन् ।

युरोपका देशहरुमा संक्रमण तीव्र भइरहेको तथा खोप अभियानको सुस्त गतिका बीच इटालीमा कडा प्रतिबन्ध लागु भएको हो । अहिलेसम्म इटालीमा एक लाख १० हजार ३२८ भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गएको छ। यस्तै अहिलेसम्म ३६ लाख २९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

इटालीमा गएको बिहीबार एकै दिन २३ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको थियो भने ५०१ जनाको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ। लकडाउनको नियम अनुसार अत्यावश्यक बाहेकका पसलहरु बन्द भएका छन् ।

रेस्टुरेन्टहरुले डेलिभरी सेवा मात्रै प्रदान गरेका छन् । यात्रा प्रतिबन्ध लागु भएको भए पनि इस्टरका बेला आफ्नो क्षेत्र भित्रै भने मानिसहरु आफन्तलाई भेट्न जान पाउने छन् । आइतबार (अप्रिल ४) इस्टर मनाइँदै छ ।

इटालीमा इस्टर पर्वलाई लक्षित गरी तीन दिन लकडाउन

अमेरिकी संसद् भवन क्षेत्रको आक्रमणमा एक प्रहरीसहित

इटालीमा इस्टर पर्वलाई लक्षित गरी तीन दिन लकडाउन

ओली सरकारले नैतिक र राजनीतिक आधार गुमाइसक्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *