कोरोनाविरुद्धको पूर्ण खोप लगाएका व्यक्तिलाई अमेरिकामा परीक्षणविना यात्रा अनुमति

एजेन्सी । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका व्यक्तिले अमेरिकामा जाँच वा निगरानीबिना यात्रा गर्न पाउने भएका छन् ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले शुक्रबार यस्तो निर्णय गरेको हो ।

पूर्ण खोप लगाएका व्यक्तिले हवाई‚ बस‚ रेलमार्गमा स्वतन्त्र रूपले यात्रा गर्न सक्ने सिडिसीले घोषणा गरेको छ ।

अमेरिकामा कोरोना संक्रमण दर बढिरहेका बेला नयाँ निर्देशनको असर कस्तो रहन्छ भन्ने बाँकी नै छ । त

र‚ सर्वसाधरणहरु यस निर्देशनअघि नै यात्रा गरिरहेका छन् ।

सिडिसीकी निर्देशक डा. रोचेल वालेन्स्कीका अनुसार नयाँ निर्देशनअनुसार पूर्ण खोप लगाएका हजुरबुवा/हजुरआमाले कोभिड -१९ को जाँच वा क्वारेनटाइन नराखी स्वस्थ नातिनातिनाहरुलाई भेट्न सक्नेछन् ।

पूर्ण खोप लगाएका व्यक्तिहरू कम जोखिममा हुने हुनाले यात्रा गर्न सक्ने वालेन्स्कीले बताइन् ।

सिडिसीको घोषणापछि सोमबार हवाई यात्राका लागि टिकट रिजर्भ गर्नेको संख्या ९० प्रतिशतले वृद्धि भएको अमेरिकी एयरलाइन्सले जनाएको छ ।

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका व्यक्तिलाई अमेरिकामा परीक्षणविना यात्रा अनुमति

भारतमा एकै दिन ९० हजारमा कोरोना पुष्टि‚

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका व्यक्तिलाई अमेरिकामा परीक्षणविना यात्रा अनुमति

अमेरिकी संसद् भवन क्षेत्रको आक्रमणमा एक प्रहरीसहित

Leave a comment

Your email address will not be published. Required fields are marked *