भारतमा एकै दिन ९० हजारमा कोरोना पुष्टि‚ ७ हजार ८१३ जनाको मृत्यु

एजेन्सी | छिमेकी देश भारतमा एकै दिन करिब ९० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा भारतमा ७ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय पुनः उच्च दरमा संक्रमित फेला पर्न थालेपछि भारतीय अधिकारीहरुले चिन्ता प्रकट गर्दै सुरक्षित रहन आग्रह गरेका छन् ।

यस्तै‚ ब्राजिलमा एकै दिन ६९ हजार ६६२ जना संक्रमित थपिँदा २ हराज ८०७ जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा अमेरिकामा करिब ६७ हजार संक्रमित थपिँदा ९१२ जनाको मृत्यु भएको छ ।

 

यसैगरी फ्रान्समा थप ४६ हजार ६००, टर्कीमा ४२ हजार ३००, पोल्याण्डमा ३० हजार ५०० र जर्मनीमा १८ हजार २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकै दिन ९० हजारमा कोरोना पुष्टि‚ ७ हजार ८१३ जनाको मृत्यु

स्पेनिस ला लिगा : लेभान्टेमाथि हुइस्काको जित

Leave a comment

Your email address will not be published. Required fields are marked *