ललितपुर मेयर कप महिला टी-ट्वान्टी सुरु‚ आज दुई खेल हुने

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। आज पहिलो दिन दुई खेल हुँदैछ ।

कीर्तिपुरको टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा विभागीय टिम एपिएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।

आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स–११ बीच खेल हुनेछ। यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिम सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने नेपाल क्रिकेट संघले (क्यान)ले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार‚ उत्कृष्ट बलर र ब्याट्सम्यानले १५/१५ हजार रुपैयाँ पाउने छन्। हरेक खेलको प्लेयर अफ दि म्याचले तीन हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा प्रदेश १, एपिएफ क्लब, लुम्बिनी प्रदेश‚ सुदूरपश्चिम प्रदेश र ललितपुर महानगरपालिकाको टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

ललितपुर मेयर कप महिला टी-ट्वान्टी सुरु‚ आज दुई खेल हुने

आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै

ललितपुर मेयर कप महिला टी-ट्वान्टी सुरु‚ आज दुई खेल हुने

स्पेनिस ला लिगा : लेभान्टेमाथि हुइस्काको जित

Leave a comment

Your email address will not be published. Required fields are marked *