सके समर्थन फिर्ता लेऊ, नसके राजीनामा मात्र नमाग : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिन नसकेको भन्दै व्यङ्य प्रहार गरेका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै उनले भने, ‘दिनदिनै एउटा न एउटाले राजीनामा माग्छ । म दिनदिनै राजीनामा दिन त सक्दिनँ नि !’

ओलीले माओवादीलाई दिएको समर्थन फिर्ता लिन नसक्नेले राजीनामा मागिराख्ने भनेर प्रश्नसमेत गरेका छन् ।

उनले भने, ‘मैले अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्छौ भने हटाऊ भनिरहेकै छु। समर्थन फिर्ता पनि नलिने अनि राजीनामा मागिराख्ने। समर्थन फिर्ता लिऊन् राजीनामा आइहाल्छ नि !’

उनले मेलम्ची आउँदा समाचार नबनाउने मिडियाले आफ्नो राजीनामा माग्दा समाचार बनाएको भन्दै मिडियाहरु प्रति असन्तुष्टि व्यक्त गरे ।

सके समर्थन फिर्ता लेऊ, नसके राजीनामा मात्र नमाग : प्रधानमन्त्री ओली

विश्वकै कान्छी अर्बपतिले बाथरुममा के गरिन्, भयो

सके समर्थन फिर्ता लेऊ, नसके राजीनामा मात्र नमाग : प्रधानमन्त्री ओली

आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *