विश्वकै कान्छी अर्बपतिले बाथरुममा के गरिन्, भयो रातारात भाइरल (भिडिओ)

काइली जेनर हलिउडको सबैभन्दा चर्चित जेनर कार्दाशियन परिवारकी सदस्य हुन् । काइली विश्वकै धनीमध्येकी एक हुन् ।

उनले कैयौं पटक फोर्ब्सको सूचीमा विश्वकै कान्छी अर्बपतिको रुपमा स्थान बनाइसकेकी छिन् ।

चर्चित हुँदाहुँदै उनलाई केही समस्या पनि छन् । विश्वभरका मानिसहरुको नजर उनीमाथि हुन्छ र उनका साना–साना कुराहरु पनि मानिसहरुले ध्यानपूर्वक हेरिरहेका हुन्छन् ।

सामाजिक संजालमा सक्रिय काइलीले आफ्नो घरका विभिन्न स्थानका फोटो पनि शेयर गर्छिन् ।

काइलीले हालै आफ्नो घरको बाथरुमको फोटो शेयर गरेकी थिइन् । फोटोमा उनको बाथरुम र त्यहाँ भएको शावर देखिन्छ ।

शावर खुला छ र त्यहाँबाट हल्का पानी बगिरहेको देखिन्छ ।

सामाजिक संजाल प्रयोगकर्ताले काइलीको शावरबाट बगिरहेको पानीको दबाब देखेपछि उनको खिल्ली उडाउन सुरु गरेका छन् ।

मानिसहरुले काइलीको ३५ मिलियन डलरको मेन्सनमा पनि सामान्य मानिसको घरमा जस्तै पानीको दबाब हुने भन्दै उनलाई ट्रोल गरेका छन् ।

विश्वकै कान्छी अर्बपतिले बाथरुममा के गरिन्, भयो रातारात भाइरल (भिडिओ)

आजदेखि थारु साहित्य सम्मेलन

विश्वकै कान्छी अर्बपतिले बाथरुममा के गरिन्, भयो रातारात भाइरल (भिडिओ)

सके समर्थन फिर्ता लेऊ, नसके राजीनामा मात्र

Leave a comment

Your email address will not be published. Required fields are marked *