गुरबाज विश्वकपका कान्छा खेलाडी

विश्वकप क्रिकेटमा सबै भन्दा कान्छा खेलाडी हुन रहमानुल्लाह गुरबाज । गुरबाज अफगानिस्तान टिमका ब्याट्सम्यान हुन् । स्कटल्यान्डविरुद्ध अफगानिस्तानले खेल्दा गुरबाज जम्मा १९ वर्ष ३ सय ३१ दिनका थिए ।
सबैभन्दा बढी उमेरका खेलाडी भने वेस्ट इन्डिजका रहेका छन् । उनी हुन वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल । गेलको उमेर ४२ वर्ष र एक महिना पुगेको छ ।
टी–ट्वान्टी विश्वकपकै सबैभन्दा कान्छा खेलाडी भने पाकिस्तानका मोहम्मद आमिर हुन् । सन् २००९ मा पाकिस्तानले आयोजक इंग्ल्यान्डविरुद्ध खेल्दा उनी केवल १७ वर्ष ५५ दिन पुगेका थिए । सबैभन्दा बढी उमेरका भने हङकङका र्यान काम्पबेल हुन् । हङकङले सन् २०१६ को विश्वकप खेल्दा काम्पबेल ४४ वर्षका थिए ।






