एनभिए भलिबल लिगमा विभागीय टीमकै वर्चस्व

काठमाडौं । पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा बिहीबरादरेदेखि शुरु भएको प्रतियोगितामा एपिएफले बुलबुले रारा क्लबलाई ३–१ सेटले पराजित गरेको हो । एपिएफले बुलबुले क्लबलाई २५–२०, २८–२६, १८–२५ र ३२–३० सेटमा हराएको हो ।

बुलबुलेले तीन पाकिस्तानी खेलाडीलाई आफ्नो टोलीमा समावेश गरे पनि एपिएफविरुद्धको खेल जित्न सकेन । एपिएफले पनि पहिलो र दोस्रो सेट जितेपनि तेस्रो सेटमा पराजय भोग्यो । एपिएफले चौथो सेट पनि मुश्किलले जितेको थियो ।

यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले नयाँबजारलाई २५–९, २५–२१ र २५–१६ अङ्कले पराजित गरेको हो । यसै गरै ज्ञिभुवन आर्मीले बुटवलको मणिमुकुन्द क्लबलाई सोझो सेटमा हरायो । आर्मिले मणिमुकुन्दमाथि २५-१७,२५-१४ र २५-२१ को सेटमा जित निकालेको हो ।

यस्तै महिलातर्फको खेलमा न्यू डायमण्ड क्लबले ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ अङ्कले पराजित गरेको हो । प्रतियोगितामा पुरुषतर्फ सात तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्  ।

महिलातर्फ एपिएफ, आर्मी, पुलिस, न्यू डायमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् तथा पुरुषतर्फ एपिएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द सहभागी छन् ।

महिला र पुरुषतर्फको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रोले रु ७६ हजार तथा चौथोले रु ३७ हजार ५०० पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार तथा उत्कृष्ट लिबरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन्।

एनभिए भलिबल लिगमा विभागीय टीमकै वर्चस्व

दशरथ रंगशालामा ‘कोभिड कप’ फुटबल प्रतियोगिता हुने

एनभिए भलिबल लिगमा विभागीय टीमकै वर्चस्व

आहा-रारा गोल्ड कप भोलिदेखि सुरु हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *