दशरथ रंगशालामा ‘कोभिड कप’ फुटबल प्रतियोगिता हुने

चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ ।

जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालयलगायत सहभागिता हुने बताइएको छ ।

७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्न सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरीने आयोजकले बताएको छ ।

दशरथ रंगशालामा ‘कोभिड कप’ फुटबल प्रतियोगिता हुने

संखुवासभामा बस दुर्घटना : ३२ घाइते, १३

दशरथ रंगशालामा ‘कोभिड कप’ फुटबल प्रतियोगिता हुने

एनभिए भलिबल लिगमा विभागीय टीमकै वर्चस्व

Leave a comment

Your email address will not be published. Required fields are marked *