संखुवासभामा बस दुर्घटना : ३२ घाइते, १३ को अवस्था गम्भीर

धर्मदेवी नगरपालिकामा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा शुक्रबार बिहान दुर्घटना भएको हो ।

उत्तर दक्षिण कोशी सडकखण्डको दोभान रिसोर्ट नजिकमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।

घाइतेहरुको उद्धर सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ। बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संखुवासभामा बस दुर्घटना : ३२ घाइते, १३ को अवस्था गम्भीर

दशरथ रंगशालामा ‘कोभिड कप’ फुटबल प्रतियोगिता हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *