‘वातावरण मन्त्रालय हराएको भन्दै सिंहदरबार गेटमा प्रदर्शन

काठमाडौं । हरित नेपालले देशमा लागेको डढेलो वायु प्रदूषणले जनस्वास्थ्यमा संकट परेको भन्दै शुक्रबार प्रदर्शन गरेको छ ।
‘वातावरण मन्त्रालय हराएको सूचना’सहित प्रदर्शनकारी सिंहदरबारको पश्चिम गेटमा पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।

सिहंदरबार अगाडि पुगेका १३ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। देशभर बिहिबार १९ जिल्लाको ५९ वटा वनमा डढेलो लागेको थियो । केही दिनयता सुक्खा बढेपछि आगलागी हुँदै गएको छ ।
बुधबारभन्दा बिहिबार कम आगलागी भएको छ। बुधबार राति वर्षा भएकोले आगलागी कम भएको हो ।
डोटी ११, अछाम १,बझाङ १,बाँके, बारा १, बर्दिया १,चितवन ३,डडेलधुरा ७,दैलेख ४, गुल्मी ३,जाजरकोट २, जुम्ला १,कैलाली १,पर्सा ३,रुपन्देही २,सल्यान ८,सुनसरी ३ र सुर्खेतको ६ ठाउँमा आगलागी भइरहेको वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत वन डढेलो पहिचान प्रणालीले जानकारी दिएको छ ।
बुधबार २९ जिल्लाको ८४ ठाउँमा वनमा आगलागी भएको थियो ।






