टी–ट्वान्टी वरीयतामा नेपालको सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले आज सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो ।
यस अघि अक्टोबर २६ तारिखमा आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औ स्थानमा रहेको थियो । वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेको छन् ।






