कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा तयारी

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुकासम्म आफ्नो पदबाट राजीनामा दिने तयारी गरिरहेको स्रोतले बताएको छ ।
कांग्रेससँगको पूर्वसहमति अनुसार, कार्यान्वयन गर्नका लागि पनि मुख्यमन्त्री शाहीले आजै पदबाट राजीनामा दिने मनस्थिती बनाएको स्रोतले जानकारी दिएको छ ।
श्रोतका अनुसार कांग्रेससँगको सहमति कार्यान्यन गर्न उनी दृढताका साथ रहेका छन् । आजबाट कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको छ महिने पदावधि सकिएको छ ।
त्यसै अवसरमा पनि मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिने सोच बनाएका हुन् । अल्पमतमा रहेको माओवादी नेतृत्वको सरकार गएको बैशाखमै ढल्ने थियो ।
कांग्रेससँगको सत्ता सहकार्य गर्ने सहमति भएपछि कांगेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । कांग्रेससँगको सत्ता साझेदार गर्ने सहमति अनुसार मुख्यमन्त्री शाहीबाट कार्यान्वयन हुनेमा कांग्रेस नेता शाही विश्वस्त रहेका छन् ।
तर, मुख्यमन्त्री स्रोतका अनुसार राजीनामाको मनस्थिती बनाएको, केन्द्रको स्पष्ट निर्णय आइनसकेकाले राजीनामा दिन ढिलाइ हुनसक्ने बताएको छ ।
कुर्मराज शाहीको बलात्कार प्रकरणले पनि कर्णाली प्रदेश सरकारको आलोचना चुलिएका बेला कात्तिक १५ गतेसम्म राजीनामा दिने तयारी गरेका थिए ।






