माल्दिभ्सले दिएको खोप एक महिनाभित्र लगाउनु पर्ने

काठमाडौं : माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज अस्ट्राजेनिका खोप एक महिनामा म्याद सकिने हुँदा छिट्टै लगाउने तयारी गरिएको छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडानमार्फत बेलुका काठमाडौं ल्याइएको हो। खोप एक महिनासम्म मात्रै लगाउन मिल्ने मिति भएकाले यसलाई छिट्टै पहिलो डोजस्वरुप लगाउने तयारी भएको बताए।

‘यो खोप एक महिनाभित्र लगाइसक्नु पर्ने छ, जसले गर्दा हामीले यसलाई पहिलो डोजका रुपमा प्रयोग गर्ने तयारी गरेका छौं किन भने दोस्रो डोज आठ हप्तापछि लगाउने हुनाले त्यसबेला अर्को लट खोप आउँछ, त्यस पछि दोस्रो डोज पनि लगाउन मिल्छ’ उनले भने ।

नेपालले कोभ्याक्स सुविधा मार्फत पनि निकट भविष्यमै ठूलो मात्रामा अस्ट्राजेनिका खोप प्राप्त गर्ने बताइएको छ ।

माल्दिभ्सले दिएको खोप एक महिनाभित्र लगाउनु पर्ने

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी

माल्दिभ्सले दिएको खोप एक महिनाभित्र लगाउनु पर्ने

कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *