नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु

काठमाण्डौ – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास एक्स–टेक नेल २२ु को सुरु भएको छ । छाउनीमा रहेको रेन्जर गणमा आज सोमवार आयोजित एक समारोहका बीच नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास सुरु भएको हो ।

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाहको उपस्थितिमा सुरु भएको कार्यक्रममा अमेरिकी राजदूतावासको प्यासिफिक अगमेन्टेशन टिम तथा रक्षा सहयोग कार्यालय (ओडीसी) प्रमुख, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरू मध्येबाट झन्डै ५० जना तथा अमेरिकी सेनाका झन्डै २० जना सम्मिलित यो तालिम आउँदो मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । काठमाण्डौ, पोखरा र अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चालन हुने यस तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान दिलाउने उद्देश्य रहेको छ ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु

 टी–ट्वान्टी वरीयतामा नेपालको सुधार

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास सुरु

अमेरिकी र टर्कीस् राष्ट्रपतिबीच भेटवार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *