आजदेखि आरबीबी एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ ।

पाँचौ संस्करणको भलिबल त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा बिहान १० बजे सुरु हुने छ । उद्घाटन खेलमा आज महिलातर्फ न्यु डाइमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ पहिलो दिन तीन खेल हुनेछन् । पहिलो खेलमा नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लबको खेल हुनेछ ।  दोस्रो खेल एपीएफविरुद्ध बुलबुले रारा क्लब तथा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।

यस्तै, पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द छन् । लिगको महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

आजदेखि आरबीबी एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिप सुरु हुँदै

विश्वकप छनोट : जर्मनी पराजित

आजदेखि आरबीबी एनभीए राष्ट्रिय भलिबल च्याम्पियनसिप सुरु हुँदै

संस्कृति संरक्षणमा जुटे रिब्दिकोटका युवा

Leave a comment

Your email address will not be published. Required fields are marked *