युनिसेफ नेपालकाे सरसफाइ सामाग्री सहयोग

तुलराज पाण्डे
कालीकोट, १८ जेष्ठ ।
युनिसेफ नेपाल कालिकोटले खाँडाचक्र नगरपालिका क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई पुग्ने गरी सरसफाई सामाग्री सहयोग गरेको छ । विश्वमहामारी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग गरिएको हो ।

कपडा धुने सावुन २०० पिस, नुहाउने सावुन २०० पिस, मन्जन २०० पिस, ब्रस २०० पिस, नेलकट् १००पिस, वाल्टिन २० वटा खाँडाचक्र नगरपालिका नगर प्रमुख जसी प्रसाद पाण्डेलाई युनिसेफ नेपाल कालिकोटका खानेपानी तथा सरसफाइ संयोजक गणेश बहादुर रावलले हस्तान्तरण गरेको बताए ।

युनिसेफ नेपाल कालीकोटको आथिक सहयोगमा खाडाचक्र नगरपालिकाका लाई हस्तान्तरण गरेको गणेश बहादुर रावलले बताए । खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसि प्रसाद पाण्डेले उक्त सरसफाइको सामाग्री बुझ्दै युनिसेफलाई आभारसहित धन्यवाद दिए उक्त सरसफाईले खाडाचक्र नगरपालिका पञ्चदेव मा.वि.मा र तिलाकर्णाली बहुमुखी क्याम्पस ताडीमा क्वारेन्टाइनमा राखिएका मानिसहरूलाई दैनिकरुपमा शारीरिक सरसफाईको लागि महत्वपूर्ण कार्य गर्ने खाडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए ।

युनिसेफ नेपालकाे सरसफाइ सामाग्री सहयोग

कर्णालीका पाँच जिल्लामा कोरोना देखियो

युनिसेफ नेपालकाे सरसफाइ सामाग्री सहयोग

सामुदायिक विद्यालयको जिम्मा निजीलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *