भारतबाट आएका एक युवाको अस्पतालमा मृत्यू

सुर्खेत, १४ जेठ ।
भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आइपुगेका एक युवाको मंगलबार राती नै निधन भएको छ । पूर्व मन्त्री एवंम प्रदेश सभा सदस्य खड्क खत्रीका अनुसार सुर्खेतकै चिंगाड गाउँपालिका वडा नं. तीन टुले हाल वडा नं. पाँच अवलचिंग बस्दै आइरहेका २२ वर्षका वीरेन्द्र रोकायाको निधन भएको हो ।

उनी हिजो मात्रै रुपइडियाबाट आएका थिए । ‘मृतकको आरडिटीसमेत परिक्षण गरिएको थिएन ।’ सांसद खत्रीले भने, ‘उनको मृत्यू कोरोनाबाट भएको हो कि भन्ने शंका गर्ने ठाउँ पर्याप्त छ ।’ प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा. के एन पौडेलले हिजो राती साढे बाह्र बजे जाँच गर्न जाँदा उनी अस्पतालमा मृत अवस्थामा फेला परेको बताए । ‘उनको राती नै निधन भएको हो । हामी जाँच गर्न जाँदा साढे बाह्र बजेको थियो ।’ उनले भने, ‘उनको आरडिटी पनि परिक्षण गरिएको थिएन ।

उनी दुइ वर्ष देखि बाथ रोगबाट ग्रसित थिए भन्ने कुरा आएको छ । चिंगाड जाने बसमा आएका उनलाई असजिलो भएका कारण हिँजो साँझ अस्पतालमा भर्ना गरिएको थियो ।’ उनले कोरोना भए नभएको अहिले भन्न नसकिने बताए । ‘हामीले राती नै उनको स्वाव झिकेका छौं ।’ उनी भन्छन्, ‘आज दिउसो सम्म पीसिआरको रिर्पोट आउला ।’

भारतबाट आएका एक युवाको अस्पतालमा मृत्यू

कुटपिटपछि हत्या रुकुम घटनाको सबत्र बिरोध

भारतबाट आएका एक युवाको अस्पतालमा मृत्यू

चौरजहारी सामुहिक हत्या घटनाप्रति ध्यानाकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *