२०८३ कार्तिक १२ गते
×

Now Playing

नेकपा बनगाडले विपदमा जुट्न नेता कार्यकर्तालाई निर्देशन

दुर्गा विसी
सल्लीबजार, १४ जेष्ठ ।
सल्यान पश्चिममा नेकपा बनगाड कुपिण्डे नगरपालिकाले कोरोना विरुद्ध जुट्नका लागि सबै कार्यकर्तालाई आग्रह गरिएको छ । मंगलबार बसेको नगर कमिटी बैठकले भारतबाट आएर अलपत्र परेका नागरिक तथा क्वारेन्टाइन सम्म पुगेर सहजिकरण गर्न आग्रह गरेको सचिव गञ्जमान वुढाले जानकारी दिनुभएको छ ।

कोभिड–१९ को वारेमा सचेतना जगाउनुका साथै थप क्वारेन्टाइन निर्माण कार्यमा सहयोग गर्न समेत अनुरोध आफ्ना कार्यकर्तालाई अपिल गरिएको छ । महामारीमा परास्त गर्नका लागि स्थानीय सरकार क्वारेन्टाइनमा वसेका नागरिकलाई व्यवस्थापनमा जुट्न समेत सबैलाई आग्रह गर्ने निर्णय भएको नगर कमिटीका अध्यक्ष कृर्तिवहादुर रानाले बताउनु भएको छ ।

साथै बैठकले क्वारेन्टाइनमा रहेका आफ्ना नागरिकको परामर्शदाताको रुपमा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश सदस्य गणेश विसीलाई जिम्मेवारी तोकिएको छ । नेकपा बनगाड कुपिण्डे नगर कमिटी अध्यक्ष कृर्तिवहादुर रानाको अध्यक्षतामा भएको वैठ्कमा प्रमुख अतिथिकारुपमा नेकपा जिल्ला कमिटी अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुन, जिल्ला सचिव कर्णवहादुर वुढाथोकी, उप प्रमुख मञ्जु यरी, पार्टीका नगर कमिटी सदस्य, सम्बन्धित वडाका नेकपाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियोे ।

कोरोना महामारी विरुद्ध जुट्न सबै पार्टी पंक्तिका आस्थावान सबैलाई सहयोगी बन्न अनुरोध समेत गरेको छ । यस अघि दुई पटक नेकपाले कोरोना विरुद्ध जुट्न अपिल गरेको थियो ।

नेकपा बनगाडले विपदमा जुट्न नेता कार्यकर्तालाई निर्देशन

YUGAAWHAN NATIONAL DAILY (2077-02-14)

नेकपा बनगाडले विपदमा जुट्न नेता कार्यकर्तालाई निर्देशन

कुटपिटपछि हत्या रुकुम घटनाको सबत्र बिरोध

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!