काेरोना भाइरस विरुद्ध : घरदैलोमै पुगेर जनचेतना फैलाउन जनप्रतिनिधि र स्वास्थ्य कर्मीलाई निर्देशन

मदन विक

चामुण्डा (दैलेख) : चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले नागरिकको घरदैलोमा पुगेर कोरोना भाइरस विरुद्ध चनचेतना फैलाउन जनप्रतिनिधि र स्वास्थ्य कर्मिहरुलाई निर्देशन गर्नुभएको छ ।

शुत्रबार नगर–प्रमुख शाहीले प्रेस विज्ञप्ती जारी गर्दै नागरिकको स्वास्थ्य भन्दा ठुलो केही नभएकाले घरदैलोमा पुगि भाइरस विरुद्ध जनचेतना फैलाउन निर्देशन गर्नु भएको हो ।

साथै भाइरसबाट बच्न सार्वजनिक समारोह, २५ जना भन्दा बढी नागरिकहरु जम्मा नहुने अत्यआवश्यक दैनिक काम बाहेक हिड्हुल नगर्न विरामीलाई अस्पताल तथा स्वास्थ्य चौकीमा विरामी भेट गर्न अति आवश्यक बाहेक अस्पताल नजाने, मेला पर्व भिडमा विना काम नजाने, जानेपर्ने अवस्थामा आवश्यक सतर्कता अपनाउन नगरवासीलाई प्रेस विज्ञप्ती मार्फत अपिल गर्नु भएको छ ।

यसैगरी नगरवासीको स्वास्थ्य सुरक्षाका विषयमा यो नगरपालिका प्रतिबद्ध रहेको जानकारी गराउदै सबैलाई आ–आफ्नो स्वास्थ्य अवस्था बारे सचेत रहन, रोकथामका उपायहरु अवलम्वन गर्न प्रेस विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

यसैगरी शुत्रबार नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसि नगरपालिकाका प्रमुख नाकाहरुमा भाइरस विरुद्ध जनचेतना फैलाउन र चेकजाँच गर्न हेल्प डेक्स स्थापन गर्ने निर्णय भएको नगरपालिका नायब सुब्बा लोकेशकुमार शाहीले जानकार िदिनुभयो । कर्णाली राजमार्गबाट नगरपालिका आउने मुख्य प्रवेशद्धार साङ्गेतडा र मध्य पहाडी राजमार्गको प्रमुख प्रवेशद्धार लैनचौर र नगरपालिकाको सदरमुकाम जम्ब्ुकाँधमा हेल्प डेक्स स्थापना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

काेरोना भाइरस विरुद्ध : घरदैलोमै पुगेर जनचेतना फैलाउन जनप्रतिनिधि र स्वास्थ्य कर्मीलाई निर्देशन

दैलेखमा १४ वटा ग्यास जफत

Leave a comment

Your email address will not be published. Required fields are marked *