खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न
सुर्खेत ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको आयोयजनामा होटल र रेष्टुरेन्टहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ ।
कोरोना भाइरस (कोभिड १९) को महामारीलाई मध्यनजर गर्दै मंसिर ३० र पौष २ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा ३० गते होटल व्यवसायीहरुलाई तथा पौष २ गते रेष्टुरेन्ट सञ्चालकहरुको सहभागीता थियो ।
३२ जना सहभागि रहेको उक्त कार्यक्रममा खाद्य स्वच्छता, खाद्य ऐन, खाद्य बस्तुमा मिसावट जाच्ने तरिका, होटल रेष्टुरेन्ट सम्बन्धि निर्देशिकाबारे कार्यलय प्रमुख भेषबहादुर थापाले प्रशिक्षण दिएका थिए । राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले ब्यवसायी धर्म पुरा गर्दै व्यापार व्यवसाय संचालन गर्नमा जोड दिदै उपभोक्ता अधिकार संरक्षण सम्बन्धि प्रशिक्षण दिएका थिए ।
त्यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खाद्य ऐन तथा निएमावलीबारे प्रशिक्षण दिदै खाद्य ऐन, निएमावली, निर्देशिकाले व्यवस्था गरेको मापदन्ड पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्नु पर्ने र सबैको प्रतिवद्धताबाट खाद्य बस्तु स्वच्छ राख्न मदत पुग्ने उनको भनाई छ ।