८० प्रतिशत बाचा पुरा गरिसके

वीरेन्द्रनगरभित्र रहेका १६ वटा वडाहरु मध्ये सबैभन्दा पहिला वडा कार्यालयको भवन बनाउने वडा नम्बर ५ हो । यो वडामा जनप्रतिनिधि आइसकेपछि धेरै विषयमा विकास भएको छ । वडाले शहरी स्वास्थ्य, शिक्षा, विकास निमार्णका काममा अग्रगति लिएको छ । वडामा अन्य काम के के भए त ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार गुरुङसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः

हिजोआज के गर्दै हुनुहुन्छ ?

नयाँ आर्थिक वर्ष २०७७÷७८ को विनियोजित बजेटबाट भइरहेका कामहरुको अनुगमन गर्ने काममा व्यस्त छु । अन्य समयमा वडाबाट हुने नियमित सेवा प्रवाहमा नै खटिरहेका छौं ।

निर्वाचित भएयता हालसम्म वडामा के–के काम गर्नुभयो ?

निर्वाचित भएयता हामीले पहिलो काम त वडा कार्यालयको भवन थिएन । दुई तला वडाको भवन बनायांै । हामीले चुनावमा जनतालाई स्वास्थ्यको भवन बनाउछौं भनेर आश्वासन दिएका थियौं । त्यो पनि पुरा भएको छ । हामीले वडामा स्वास्थ्यको भवन पनि बनायौं । ढलान भइइसकेको छ । अब रङ्गरंगोन गर्न बाँकी रहेको छ । हाम्रो वडामा मावि विद्यालय थिएन । अहिले हाम्रो वडामा मावि विद्यालय सुरु हुँदैछ । त्यसका लागि विद्यालयको भवन पनि बन्दै छ । बाटो पिच गर्ने काम पनि भएको छ । पाँच किलोमिटर सडक पिच गरिसकेका छांै । नाला बनाउने काम पनि भइरहेको छ । स्वास्थ्यको क्षेत्रमा हामीले आँखा शिविर सञ्चालन ग¥यांै । शिविरमार्फत हामीले ४० जनाको आँखाको अप्रेशन ग¥यौं । ६० जनालाई चश्मा वितरण गरेका छांै । अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचियर, चश्मा, छडी दिने काम पनि गरेका छौं । बृद्धबृद्धाहरुलाई प्रत्येक वर्ष हामीले न्यायो कपडा वितरण गर्ने काम गर्दै आइरहेका छौं । यो वर्ष पनि बृद्धबृद्धाहरुलाई न्यायो कपडा वितरण कार्यक्रम गर्दै छांै ।

काम गर्नलाई कत्तिको चुनौती रहेछ नी ?

काम गर्दा चुनौतीहरु त धेरै नै आउँछन् । काम गर्दा यो पक्ष विपक्ष भन्नेहरुले विरोध गर्ने हुँदा काम गर्नलाई चुनौती थपिने रहेछ । विपक्षहरुले जति राम्रो काम गरे पनि काम राम्रो भएन भनेर टिक्का टिप्पणी गर्छन । सबैको मन खुशी पार्न सकिदो रहेनछ । मेरो लागि चुनौती भनेका यीनै हुन् । तर पनि हामी इमान्दारिताका साथ काम गर्दै आइरहेका छौं । पुल बनाउँदा मुद्दा पनि प¥यो, वडा कार्यालयको भवन बनाउँदा पनि मुद्दा प¥यो । तर पनि मेरो गल्ती केही नभएपछि हामी हरेक काममा सफल पनि भयौं । डटेर काम सफल पार्न लाग्यो र सफल पनि भयौं ।

तपाइँको वडामा मुख्य समस्याहरु के–के छन् ?

हाम्रो वडाको मुख्य समस्या भनेको सुकुम्वासी वस्तीको नै हो । हाम्रो वडामा अलि बढी नै सुकुम्वासी बस्ती छ । अहिलेसम्म पाएको अस्थायी लालपूर्जा छ । त्यो लालपूर्जा स्थायी हुन सकेको छैन । यस्तै गरीबी पनि रहेको छ । रोजगारीको समस्या रहेको छ । हामीले रोजगारी समस्या समाधान गर्न केही पहल पनि गरिरहेका छांै । तर हामीले सबैलाई रोजगारी दिन पनि सक्दैनौं ।

वडामा देखिएका समस्या समाधान कसरी गर्नु भएको छ ?

हामीले सुकुम्वासीहरुको समस्या समाधान गर्नका लागि आयोग गठन भएपछि हामी लालपूर्जा दिलाउँछौं भनेर जनतालाई आश्वासन दिएका थियौं । तर आयोग गठन नै भएको छैन । त्यसले गर्दा समस्या समाधान गर्न सकिरहेका छैनौं । सुकुम्वासी वस्तीमा धेरै समस्या छन् । खानेपानी, विद्युतको सुविधा पाए पनि स्थायी लालपूर्जा नभएका कारण उनीहरुले कारोवार गर्न नपाएको हुँदा चुनौती पनि छ ।

अहिलेसम्म गरेका राम्रा पाँच वटा काम बताईदिनुस् न ?

हाम्रो सरकार वीरेन्द्रनगरभित्र रहेका १६ वटा वडाहरु मध्ये सबैभन्दा पहिला वडा कार्यालयको भवन बनाउने वडा नम्बर ५ हो । यो वडामा जनप्रतिनिधि आइसकेपछि धेरै विषयमा विकास भएको छ । वडाले शहरी स्वास्थ्य, शिक्षा, विकास निमार्णका काममा अग्रगति लिएको छ । वडामा अन्य काम के के भए त ? यीनै विषयवस्तुमा केन्द्रित रहेर हाम्रा सहकर्मी गीता थापाले वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार गुरुङसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः राजकुमार गुरुङ वडाध्यक्ष, वीरेन्द्रनगर–५, सुर्खेत ८० प्रतिशत बाचा पुरा गरिसकेँ पहिलो काम भनेको त १६ वटा वडाहरु मध्ये सबैभन्दा पहिला हाम्रो वडा नम्बर ५ मा वडाको भवन निमार्ण गर्न सफल भयौं । एैलानी जग्गा अर्काले ओगटेका थिए त्यो जग्गामा वडाको भवन बनायौं । त्यसका लागि हामीले मुद्दा समेत खेप्नु परेको थियो ।

अर्काे सफलता भनेको शहरी स्वास्थ्यको भवन बनायांै । तेस्रो काम भनेको हाम्रो वडामा मावि सम्मको विद्यालय नहुँदा धेरै समस्या भएको थियो । अहिले हामीले हाम्रो वडामा मावि सम्मको विद्यालय सञ्चालनको तयारीमा छौं । विद्यालयको भवन बन्दै छ । कक्षा ८ सम्म मात्र विद्यालय थियो त्यसपछि अर्काे विद्यालयमा पढ्न जान विद्यार्थीहरुलाई समस्या भइरहेको र अरु विद्यालयले भर्ना नलिने हुँदा समस्या थियो । अब भने सहज हुनेछ । पिच नभएका सडकहरु पिच गरेका छांै । अर्काे हामीले आँखा शिविर राख्यौं र ४० जनाको आँखाको अप्रेशन गरायांै । ६० जनालाई चश्मा वितरण ग¥यौं ।

मत माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता कति पुरा भए त ?

मैले जनप्रतिनिधी हुँदा जनतासँग गरेको प्रतिवद्धता ८० प्रतिशत पुरा गरेको छु । बाँकी रहेको कामहरु पनि अबको डेढ वर्षमा सबै पुरा गर्ने प्रतिवद्धता पनि गर्छु ।

अबका योजनाहरु के के छन् नी ?

अबको मेरो योजना भनेको पहिलो त स्वास्थ्यलाई प्राथमिकता दिने रहेको छ । महिलाहरुको पाठेघर खस्ने समस्यालाई समाधान गर्न स्वास्थ्य संस्थामा पाठेघरको उपचारको लागि पहल गर्नेछु । अर्काे योजना भनेको विवाद भएको स्थानको बाटोहरुको लगतकट्टा गर्ने हो । शहरी विकासबाट बाटोको लगत कट्टा गराएर त्यो विवादलाई समाधान गर्ने मेरो अबको योजना रहेको छ ।

८० प्रतिशत बाचा पुरा गरिसके

जुम्ला विमानस्थल विस्तार गरिँदै

८० प्रतिशत बाचा पुरा गरिसके

राष्ट्रिय सडक संजालसँग जोडियो तल्लो हुम्ला

Leave a comment

Your email address will not be published. Required fields are marked *