कर्णाली विवादबारे आज पनि छलफल गर्दै ओली-प्रचण्ड

काठमाडौं, २८ असोज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि छलफलमा जुटेका छन्। दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल भइरहेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्तव दर्ता गराएपछि नेकपामा विवादको नयाँ विजारोपण भएको छ।

मंगलवार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। उनीहरुलाई विहीवार छलफलका लागि बोलाइएको छ।

सोही विवाद छलफलका लागि प्रचण्ड ९स्१५ तिर बालुवाटार पुगेका थिए।कर्णाली प्रदेशमा उत्पन्न विवादले ओली प्रचण्डबीचको नियमित छलफलको एजेण्डा ओझेलमा परेको छ।

गत भदौ २९ गते सम्पन्न नेकपा स्थायी समिति बैठकले एक महिनाभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको थियो। तर दुई दिन बाँकी रहँदा समेत एकताका बाँकी काम सम्पन्न गर्न दुई अध्यक्षलाई ठोस कार्ययोजना ल्याउन सकेका छैनन्। असोज ६ गतेको सचिवालय बैठकले दुई अध्यक्षलाई १० दिनभित्र कार्ययोजना ल्याउन निर्देशन दिएको थियो। त्यो समय गुज्रिसकेको छ। उता, मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषय पनि अनिश्चित बनेको छ।

कर्णाली विवादबारे आज पनि छलफल गर्दै ओली-प्रचण्ड

युवालाई रोजगारीमा जोड्ने अभियानमा छौं

कर्णाली विवादबारे आज पनि छलफल गर्दै ओली-प्रचण्ड

नेकपा कर्णालीको विवाद अब ओली–प्रचण्डले मिलाउने, तत्काल

Leave a comment

Your email address will not be published. Required fields are marked *