वडा कार्यालयको जग्गा विवादले चरमरुप लियो

दुर्गा विसी
सल्यान, २८ असोज ।
सल्यानको बनगाड कुविण्डे नगरपालिका वडा २ को वडा भवन निर्माणका लागि जग्गा छनौंटले उग्ररूप लिएको छ । यस अघि उक्त वडा कार्यालयको भवन निर्माणका लागि दिलिप केसीले ५ रोपनी जग्गा वडाका नाममा रजिस्ट्रेशन गरिदिएका थिए ।

बामेको वडा २ साविक वडा ४, ५ डाँडागाउँमा सो जग्गा पर्दछ भने साविक वडा ३ वाहुन गाउँका स्थानीयले वडा भवन बाहुन गाउँमै बन्नुपर्ने किचलो झिकेपछि विवाद उत्कर्षमा पुगेको छ । डाँडागाउमा वडा कार्यालयको लागि वडाका नाममा जग्गा पास भैइ डिपिआर र भवन निर्माण कार्यको लागि फिल्डसमेत तयारी भैसकेको छ ।

तलिगाउ र बाहुनगाउका स्थानीयले बाहुन गाउँमा वडा कार्यालय हुनुपर्ने माग राखेका छन् । उक्त दुबै गाउँको दुरी ७ सय मिटर टाढा मात्रै रहेको छ । समुदाय स्वास्थ्य भवन, वडा कार्यालय र विद्यालय समेत सोही डाँडागाउँमा भएकोले वडा कार्यालय बाहुनगाउँमा हँुदा यहाँका नागरिकलाई साहुनुभुति स्थानीय गंगाराम शर्माको भनाई छ ।

बाहुन गाउँमा वडा कार्यालय बनाउनका लागि जग्गा पासको सिफारिस वडा दिन नमानेपछि विवाद भएको शर्माको भनाई छ । तर केसीले भने स्वास्थ्य र वडाको लागि ५ रोपनी जग्गा पास भैसकेको छ । तर विवादका निम्ति विवाद झिक्नलाई तल्लो गाउँ र वाहुन गाउँले अनावश्यक वखेडा झिकेको उनको भनाइ छ ।

वडा कार्यलय आ आफ्नो स्थानमा लिनको लागि अहिले उग्ररुप लिएको छ ।तेहि विषलाइ लिएर दुबै गाउँलेहरु विच दैनिक झडपको स्थिति सृजना भएको छ । केही दिन अघि विवाद साम्य पारे पनि पुन विवाद उत्पन्न भएको छ । जग्गा वडाका नाममा नामसारी भइ डिपिआर भैसकेको र काम अघि बढी सकेको कुरामा अनावश्यक विवाद झिक्नु राम्रो नभएको केहि स्थानीयको तर्क छ । उक्त वडा भवन निर्माणका लागि अन्तिममा आएर जग्गा विवाद भएको छ ।

वडा कार्यालयको जग्गा विवादले चरमरुप लियो

उपल्लो डोल्पामा पर्ने सिमास्तम्भ रङ्ग्याउँदै चीन

वडा कार्यालयको जग्गा विवादले चरमरुप लियो

सडक नबनेपछि डोरी समातेर भीरको बाटो काट्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *