२०८२ बैशाख १७ गते
×

Now Playing

चिसोले डेढ दशकदेखि वस्ती रित्तै

मुगु : मुगु जिल्लाको पुर्वोत्तर भेगमा पर्ने कार्मारोङ्ग गाउँपालिकाको १ न वडामा पर्ने हिमाली खोचमा रहेको एक गाउँ चिसोकोे कारण देखाउँदै बसाईं सरेपछि गाउँ नै रित्तो भएको छ । ठुलाठुला हिमालले घेरिएको खोल्सीमा रहेको सो बस्तीमा दिनको तीन घण्टामात्र घाम लाग्ने हुँदा चिसोको कारण देखाउदै १५ वर्षदेखी स्थानीयले गाउँ छाडेका हुन् ‌।

गाउँपालिकाको १ नं वडामा पर्ने वाङग्री गाउँमा ७५ घरधुरी रहेका थिए । वर्षमा चैत, वैशाख र जेठमा मात्र घाम लाग्ने हिउँदका दिनमा भने २ घण्टामात्र यो स्थानमा घाम लाग्‍ने गर्छ । सधँै हिउँ जमिरहने भएपछि गाउँमा अत्यधिक चिसो हुने र बसोबासमै कठिनाई झेल्नु परेकाले सिङ्गो गाउँवासी नै बसाई‌ं सरेर जुम्लाको चौधबीसतिर पुगेका छन् ‌।

वैशाख, जेठ र असार बाहेकका महिनामा पशुचौपाया नै पाल्न कठिन हुने र मानिसलाई पनि चिसोले असर गर्दै गएपछि गाउँ नै खाली भएको स्थानीयवासी उर्गेन लामाले जानकारी दिए । भिरालो जमिनमात्रै भएको वाङग्री गाउँमा आलु र फापर बाहेक अन्य केही उत्पादन हुँदैन, लामाले भने, ‘खाद्यान्न जोहो गर्नै कठिन हुन थालेपछि वाध्य भएर वाङग्रीका स्थानीयले थातथलो नै छाडेका हुन् ‌।’

जाडो छल्न भन्दै २०६० सालदेखि गाउँ छाड्न थालेका स्थानीय वाङग्रीमा नफर्किएका हुन् ‌। क्रमशः सबैले गाउँ छाड्दै गएपछि हाल वस्ती नै मानवशुन्य भएको छ ।  जिल्ला सदरमुकाम गमगढीबाट वाङग्री गाउँ पुग्न पैदल दुई दिन यात्रा गर्नुपर्छ । मानिसले गाउँ नै छाडेपछि त्यहाँका खेतीयोग्य जमिन बाझिँदै गएको छ, घरहरु भत्कन थालेका छन् । बसाईं सरेर गएपनी स्थानीयहरु चुनावमा मतदान गर्न, जडीबुटी संकलन गर्न रगाउँपालिको वडामा हुने विकास निमार्णको काम सम्पन्‍न गर्न बर्षको एक महिना जाने गर्छन्‌ ।

वाङ्ग्री गाउँको वनपाखामा प्रचुर मात्रामा जडिबुटी तथा खनिज वस्तु पाइन्छ । मानववस्ती शून्य भए पनि पछिल्लो समय यस क्षेत्रमा वन्यजन्तुको चोरीशिकार बढेको छ । वाङ्ग्री गाउँ पुग्‍न दोल्फु कर्णाली नदी पार गर्नुपर्छ । तर अहिलेसम्म सो नदीमाथि पूल हालिएको छैन । पर्यटकहरु तुईन र काठे पुलवाट दोल्फु कर्णाली पार गरेर त्यस क्षेत्रमा घुम्न जाने गर्छन् ‌।

Leave a comment

Your email address will not be published. Required fields are marked *