अनेरास्ववियु द्धारा क्याम्पस परिसर सरसफाइ

 

सुर्खेत : वीरेन्द्रनगर आठ क्याम्पस रोडमा रहेको क्याम्पस (सुर्खेत क्याम्पस शिक्षा) परिसरमा बिहिबार सरसफाई गरिएको छ ।

‘‘सम्पुर्ण प्रगतिशिल देशभक्त वामपन्थी तथा जनवादी विद्यार्थी एकजुट हाेऔँ’’ भन्ने मुल नारकासाथ जनयुद्ध तथा जनआन्दोलनका सहिदहरुको स्मृतिमा बृहत सरसफाइ कार्यक्रम गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सुर्खेत क्याम्पस शिक्षामा सह–सचिव गणेश शाहीले जानकारी दिएका छन् ।

सह–सचिव शाहीका अनुसार कार्यक्रम मा क्याम्पस परिसर का साथै उक्त क्याम्पसको आडैमा रहेको महेश स्मृति पार्कको पनि सरसफाइ गरिएको छ । र अबको केही दिनमा उक्त स्मृति पार्कको बोर्ड समेत राखिने बताएका छन् ।

सरसफाइ कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य अमरराज शाही, महेश जिसि, तृसना हमाल, अनेरास्ववियु अनुसासन आयोगका सदस्य तथा सुर्खेत क्याम्पस सिक्षा (स्ववियु) सभापति चक्र शाही, अनेरा स्ववियुकै सुर्खेत जिल्ला संयोज धुपेन्द्र शाहि लगायत अनेरास्ववियुका करिव एक सय ५० जना विद्यार्थी नेता तथा कार्याकर्ताहरुको सक्रिय सहभागिता कार्याक्रम सम्पन्न भएको विद्यार्थी नेता खेमराज गौतम ले जानकारी दिएका दिएका छन् ।

उक्त सरसफाइ कार्याक्रम अनेरास्ववियु जिल्ला कमिटी सुर्खेत र अनेरास्ववियु सुर्खेत क्याम्पस शिक्षाको सयुक्त आयोजनामा गरिएको थियाे ।

अनेरास्ववियु द्धारा क्याम्पस परिसर सरसफाइ

कोरोनाको आधिकारिक नाम : कोभिड–१९

अनेरास्ववियु द्धारा क्याम्पस परिसर सरसफाइ

चिसोले डेढ दशकदेखि वस्ती रित्तै

Leave a comment

Your email address will not be published. Required fields are marked *