जिल्ला कार्य समिति बैठकको आह्वान

सुर्खेत, २४ असार ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका पदाधिकारी तथा सदस्यहरुले समसामयिक विषयमा छलफलका लागि बैठक बसाल्न माग गरेका छन् । कोरोना महामारीको सन्दर्भमा जिल्ला कार्यसमितिको तर्फबाट भएका र गर्नुपर्ने गतिविधि, प्रदेश सरकारका गतिविधिमाथि निगरानी, पार्टीको जिल्ला स्तरीय समायोजन लगायतका विषयमा जानकारी दिन तथा छलफल गर्न पदाधिकारीहरुले बैठक बसाल्न माग गरेका हुन् ।

जिल्ला कार्य समिति सचिवसहित ९ जना सदस्य, २ जना पदेन सदस्यले वैठक माग गर्दै सभापतिलाई पत्र बुझाएका छन् । महामारी रोकथाम, प्रदेश सरकारका गतिविधमाथि निगरानीका विषयमा पार्टीको तर्फबाट हुनुपर्ने संस्थागत स्वामित्वका विषयमा बैठक बसी समिक्षा गर्न उनीहरुको माग छ ।

पार्टीको १४ औं अधिवेशनको मिति तोकिएसँगै पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार जिल्ल्लाको समायोजनसहित क्रियाशिल सदस्यता प्राप्त गर्ने गरी केन्द्रमा जानुपर्ने भएका क्रियाकलाप, सदस्यता नविकरण तथा वितरणका विषयमा पनि बैठक बसी समितिलाई जानकारी गराउन माग गरिएको छ ।

पार्टीको निर्देशन अनुसार अन्य दल त्याग गरी काँग्रेसमा प्रवेश गरेका व्यक्तिहरुको विवरण केन्द्रमा पठाउने विषयमा जिल्लाको नेतृत्वबाट बेवास्ता भएको भन्दै यसबारेमा जिल्ला कार्यसमितिको वैठक बसी कार्यान्वयन गर्ने निर्णय गर्न पनि पदाधिकारी तथा सदस्यहरुले सभापतिलाई ध्यानाकर्षण गराएका छन् ।

जिल्ला कार्य समिति सचिव रावतसहित सदस्यहरु गोविन्द कोईराला, रामबहादुर सिंह, मानबहादुर बुढा, विरेन्द्र रावत, वागविर दमाई, निर्मला शाही, रुपेन्द्र यादव, भगे कामी, पूर्ण बहादुर राना, पदेन सदस्यहरु खड्ग बहादुर पोखरेल र लालविर भण्डारीले संयुक्त रुपमा वैठकको माग गर्दै सभापतिलाई पत्र बुझाएका हुन् ।

जिल्ला कार्य समिति बैठकको आह्वान

कर्णाली प्रदेशको बजेट पारित

Leave a comment

Your email address will not be published. Required fields are marked *