२०८२ बैशाख १७ गते
×

Now Playing

हुम्लामा झाडापखालाका विरामी बढे

हुम्ला, २४ असार ।

जिल्ला अस्पतालमा बिरामीको चाप अत्याधिक बढेपछि बेडहरु भरिभराउ भएका छन् । मौसमको कारण बिरामीहरु दैनिक रुपमा बृद्धि भएपछि अस्पताललाई उपचारमा समेत कठिनाई भएको हो । अस्पतालका डाक्टर टसी लामाले १५ बेडको क्षेमता भएको जिल्ला अस्पतालले आन्तरिक रुपमा चार बेड बढी ब्यबस्था गरेर सबै बेडमा बिरामी भरिभराउ भएको भएका छन् ।

मौसम परिवर्तनका कारण झाडा पखालाका बिरामीहरु निक्कै बढेको बताउदै डा. लामाले दमका बिरामी समेत थपिदा उपचारमा समस्या आएको बताए । अस्पताल भर्ना भएका बिरामी सबै बृद्धबृद्धा र बालबालिका बढी रहेका छन् । कुल भर्ना भएका बिरामी मध्य नौ जना बालिबालिका मात्र रहेका छन् ।

झाडा पखालाका बिरामीहरु दैनिक रुपमा सत्तरी जना भन्दा बढी आउने गरेको अस्पतालले जनाएको छ । उपचारका लागि अस्पतालमा आउनु भएको बिरामीहरुको लामो लाइन बस्नु परेको छ ।

हुम्लामा झाडापखालाका विरामी बढे

‘आयौ चेली माइती सम्झेर’

हुम्लामा झाडापखालाका विरामी बढे

YUGAAWHAN NATIONAL DAILY (2077-03-24)

Leave a comment

Your email address will not be published. Required fields are marked *