प्रारम्भीक द्रुत लेखाजोखा सम्बन्धी तालिम

सुर्खेत, २३ असार ।
नगरपालिका स्तरीय प्रारम्भीक द्रुत लेखाजोखा सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपािलकाको आयोजना, किर्डाक नेपालको सहजीकरण, युनिसेफ नेपालको सहयोग र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा उक्त कार्यक्रम सोमवार सम्पन्न भएको हो ।

तालिममा विपत तथा त्यसबाट पर्न सक्ने असर र न्युनीकरण गर्ने उपाय सम्बन्धी जानकारी गराइएको थियो । वडाहरुले विपत पूर्व तयारी तथा विपतसंग जुध्न कार्ययोजना निमार्ण अनि कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले जनताको विकासका लागि प्रतिफल मुलक कार्यक्रमका लागि नगरपालिका सदैव अग्रसर भुमिका खेल्ने प्रतिवद्धता जनाइन् ।
कर्णाली प्रदेश विपत व्यवस्थापन समितिका संयोजक कृष्ण रोकायाले कार्यक्रममा प्रशिक्षण दिएका थिए ।






